मदन राईलाई साढे २ वर्ष जेल सजाय तोकियो
शुक्रबार, २५ माघ २०८१, १८ : ०२
काठमाडौँ । कृषि विज्ञ मदन राईलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय तोकिएको छ । शुक्रबार जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई उक्त सजाय तोकेको हो ।
जिल्ला अदालत खोटाङले उनलाई माघ १० गते बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो । राईलाई उनी आफैँले खोलेको ‘सुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग थियो ।
७५ वर्षीय मदनले आफ्ना संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूको आरोप थियो । उनीविरुद्ध २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण