जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
आइतबार, २७ माघ २०८१, ०२ : ०५
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष क्लबहरुलाई धक्का लागेको छ । शनिबार राती भएको खेलमा दोस्रो स्थानमा रहेको बायर लिभरकुजेन र तेस्रो स्थानमा रहेको आइन्ट्राच्ट फ्र्यान्कफर्ट बराबरीमा रोकिए भने बोरुसिया डर्टमण्ड हार्न पुग्यो ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको लिभरकुजेन उल्फ्सवर्गसँग गोलरहित बराबरीमा रोकिँदा फ्र्यान्कफर्टले बोरुसिया एमग्लाडब्याचसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
डर्टमण्ड भने भीएफबी स्टटगार्टसँग २-१ ले पराजित हुन पुग्यो । २१ औं चरणका खेल चलिरहँदा शीर्ष स्थानको बायर्न म्युनिखको ५४ अंक हुँदा बायर लिभरकुजेनको ४६ र फ्र्यान्कफर्टको ३९ अंक छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण