लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल
बेइजिङ । सोमबार देखि अमेरिकाबाट आयात हुने सामानमा चीनमा अतिरिक्त कर लागेको छ । ‘टिट–फर ट्याट’ अर्थात् जस्तालाई त्यस्तै व्यवहार गर्दै अमेरिकाले आफूमाथि लगाएको अतिरिक्त महसुलको जवाफमा चीनले उसलाई अतिरिक्त महसुल लगाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरू देशहरूमाथि पनि अतिरिक्त महसुल लगाउने चेतावनी दिइरहेको स्थितिमा चीनको यस कदमले विश्वका दुई ठुला अर्थतन्त्रबिच व्यापार युद्ध झनै चर्काउने देखिन्छ ।
अमेरिकाले चीनबाट आयातित सबै सामानमा १० प्रतिशत अतिरिक्त कर लगाए लगत्तै बेइजिङले फेब्रुअरी ४ मा अमेरिकाबाट आउने सामानमा पनि अतिरिक्त महसुल लगाएको थियो ।
आइतबार ट्रम्पले अमेरिकामा भित्रिने स्टिल र अल्मुनियममा २५ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका थिए । सुपर बाउलमा जाने क्रममा राष्ट्रपतिको विमान एयर फोर्स वनमा पत्रकारहरूसँग बोल्ने क्रममा ट्रम्पले अन्य देशहरूमाथि पारस्परिक अतिरिक्त महसुल लगाउने बताएका थिए ।
चीनले लगाएको पछिल्लो अतिरिक्त महसुलमा अमेरिकाबाट आउने कोइला र तरलीकृत प्राकृतिक ग्यास उत्पादनमा १५ प्रतिशत भन्सार कर पनि छ । अमेरिकाबाट आउने कच्चा तेल, कृषिजन्य मेशिनरी र ठुला इन्जिन भएका कारमा १० प्रतिशत अतिरिक्त महसुल छ । केही दुर्लभ धातुमा चीनले २५ प्रतिशत निर्यात कर पनि लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण