प्रिमियर लिगमा लिभरपुललाई घाटा, एभर्टनले अंक खोस्यो
बिहीबार, ०१ फागुन २०८१, ०४ : ५८
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई घाटा लागेको छ । वुधबार राती एभर्टनले लिभरपुललाई २-२ को बराबरीमा रोकेर अंक खोस्यो । घरेलु मैदानमा सुरुवाती अग्रता एभर्टनले नै लिएको थियो ।
११ औं मिनेटमा एभर्टनका लागि बेटोले सुरुवाती गोल गोल गरे । १६ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै १-१ को बराबरी गरे ।
दोस्रो हाफपछि ७३ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै नतिजा २-१ मा ल्याए । तर, इन्जुरी समय अर्थात् ९८ औं मिनेटमा एभर्टनका जेम्स टारकोवस्कीले गोल फर्काए ।
त्यसपछि दबाबमा आएका दुबै टोलीले गोल गर्न सकेनन् भने दुबैतर्फका खेलाडीले रातो कार्ड पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण