सचिव भ्रष्टाचारी ठहर भएपछि प्रदेशसभाको कामु सचिवको जिम्मेवारी अमात्यलाई
विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि उपसचिव गौतमराज अमात्यलाई सभाको कायममुकायम सचिवको जिम्मेवारी दिइएको छ ।
प्रदेशसभाको प्रवक्ताको जिम्मेवारीमा रहेका उपसचिव अमात्यलाई सभामुख अम्बरबहादुर विष्टले कायममुकायम सचिवको जिम्मेवारी दिएका हुन् । बिहीबारको प्रदेश सभा बैठकमा सचिवको आसनमा अमात्यले जिम्मेवारी निर्वाह गरेका थिए ।
तत्कालीन काठमाडौँ जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी रहँदा पराजुलीले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको भन्दै सर्वोच्च अदालतले बुधवार उनलाई ६ वर्ष कैदको फैसला सुनाएको थियो । अदालतले पराजुलीलाई १ करोड २२ लाख रुपैयाँ जरिवाना हुनेसमेत फैसला गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा पराजुली र एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई दोषी ठहर गरेको थियो ।
निजामती सेवामा विभिन्न जिल्लाको स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी हुँदै पराजुलीले प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी पुरा गरेका थिए । सचिव पदमा कार्यरत रहेकै बेला राजीनामा दिएर उनी १२ वैशाख २०७६ मा प्रदेश सभाको सचिव नियुक्त भएका थिए ।
पराजुलीलाई ९ वैशाख २०८१ देखि लागू हुने गरी दोस्रो कार्यकालका लागि प्रदेशसभाको सचिवमा नियुक्त गरिएको थियो । अदालतबाट भ्रष्टाचारी ठहर भएसँगै पदमुक्त भएका उनी पुनरावलोकनमा जाने भन्दै काठमाडौँ गएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
-
फेवातालमा मनपरी गर्न थालेपछि कास्की प्रशासनकाे १९ बुँदे निर्देशन
-
बागमतीका ५ सहकारीमा २२ अर्बको मागदाबी, ऋण असुली १० करोड पनि पुगेन
-
रास्वपा महाधिवेशन : साढे ७ बजे पहिलो चरणको मत परिणाम घोषणा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण