भारत : सीआरपीएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, पछि आत्महत्या
शुक्रबार, ०२ फागुन २०८१, ०६ : ४०

मणिपुर । मणिपुरको एक शिविरमा बिहीबार एक सीआरपीएफ जवानले आफ्ना दुई सहकर्मीको हत्या गर्नुका साथै आठ जनालाई घाइते बनाएपछि आत्महत्या गरेको मणिपुर प्रहरीले जनाएको छ। मणिपुर प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमार्फत यो जानकारी दिएको छ।
‘दुर्भाग्यपूर्ण घटनामा, आज राति ८ बजेतिर इम्फाल पश्चिम जिल्लाको लामसाङमा रहेको सीआरपीएफ क्याम्प भित्र एउटा शंकास्पद घटना भएको छ,‘ प्रहरीले लेखेको छ, ‘यसमा एक सीआरपीएफ जवानले गोली चलाउँदा उनका दुई सीआरपीएफ सहकर्मीको घटनास्थलमै मृत्यु भयो र अन्य ८ जना घाइते भएका छन्।’