क्यारेक्टर पोस्टरमा यस्तो देखियो फिल्म ‘एक्लो’
काठमाडौँ । नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मको सुरजसिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो ।
पोस्टरमा सुरजसिंह ठकुरी डरलाग्दो देखिएका छन् । क्यारेक्टरमा उनको नाम काल राखिएको छ । ठकुरीको लुक्सले फिल्म ‘एक्लो’ प्रति अझै कौतुहलता जागेको छ ।
फिल्मका निर्देशक प्रदीप शाही हुन् । निर्देशक शाही ‘एक्लो’ लाई हलिउड स्तरको फिल्म भएको बताउँछन् । फिल्मको लण्डनमा पोस्ट प्रोडक्सन भैरहेको छ । फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ’क्षितिज’, श्रीशेष श्रेष्ठ र बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको समेत अभिनय छ ।
एक्लोका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण