खाँदबारी नगरपालिकाका प्रमुखमाथि एमाले वडाध्यक्षको आक्रमण, २ जना पक्राउ
संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुख महेश थपलियामाथि आक्रमण भएको छ । खाँदबारी–९ का वडाध्यक्ष विमलराज गौतमले कार्यकक्षमै गएर प्रमुख थपलियालाई आक्रमण गरेको प्रहरी स्रोतले जनाएको छ ।
आइतबार दिउँसो ४ बजे वडाध्यक्ष गौतमले प्रमुख थपलियाको कार्यकक्षमै गएर कार्यकक्षमा थुनेका थिए । नगरप्रमुख थपलियाले गौतमले आफूलाई दुर्व्यवहार र गालीगलौज गरेको बताए ।
वडाध्यक्ष गौतमले मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मापसे गरेर नगरपालिका प्रवेश गरेका वडाध्यक्षले अपशब्द प्रयोग गर्दै प्रमुख थपलियालाई हातपात गरेको प्रत्यक्षदर्शी कर्मचारी बताउँछन् । वडाध्यक्ष गौतमले कर्मचारीलाई पनि गालीगलौज गरेको थपलियाले बताए । थपलियाले आफूमाथि वडाध्यक्षले दुर्व्यवहार गरेको र केहीबेर कार्यकक्षमै थुनेर राखेको बताए । उनले वडाध्यक्ष गौतमविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेको बताए ।
प्रमुख थपलियाले वडाका विभिन्न योजनाको बजेट कटौती गरेको आरोप छ । वडाध्यक्ष गौतम नेकपा एमालेबाट निर्वाचित हुन् भने प्रमुख थपलिया नेपाली कांग्रेसबाट निर्वाचित हुन् । वडाध्यक्ष गौतम र वडासदस्य टिकाराम कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । खाँदबारी नगरपालिका कार्यालय परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण