आफैँले बर्खास्त गरेका कर्मचारीलाई पुनः भर्ती गर्दै अमेरिका
वासिङ्टन डीसी । अमेरिकी सरकारले आफैँले कामबाट निकालेका कर्मचारीहरूलाई पुनः काममा राख्ने कोशिस गरिरहेको छ ।
बर्खास्तीका कारण देशको राष्ट्रिय सुरक्षा नै चौपट हुने हो कि भन्ने पीर बढ्दै गएपछि सरकारले आणविक सुरक्षा कर्मचारीलाई पुनः भर्ती गर्न लागेको अमेरिकी सञ्चारमाध्यमहरूले बताएका छन् ।
ऊर्जा मन्त्रालयबाट सयौँ कर्मचारीलाई कामबाट निकालिएको पत्र दिइएको थियो । राष्ट्रिय आणविक सुरक्षा प्रशासन (एएनएसए)का कामदारहरू यीनैमध्ये थिए । यो विभागले अमेरिकाको परमाणु हतियारको डिजाइन तयार पार्ने, निरीक्षण गर्ने र सञ्चिति बढाउने काम गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संघीय सरकारको खर्च कम गर्न संघीय कार्यबलबाट ठुलो संख्यामा कर्मचारी घटाइरहेका छन् ।
जनवरी २० मा कार्यभार सम्हालेको पहिलो दिनदेखि नै उनले यो अभियान तीव्र पारेका छन् । कुर्सीमा बसेको एक महिना पुगिनसक्दै सरकारले हजारौँ कर्मचारीलाई इमेल, भिडियोलगायत माध्यमबाट बर्खास्त गरेको सूचना दिइसकेको छ ।
सरकारले एनएनएसएका ३०० भन्दा बढी कर्मचारीलाई पनि हटाएको अमेरिकी सञ्चार माध्यमले बताएका छन् । बिहीबार गरिएको कर्मचारी कटौतीमा परमाणु हतियार बनाउने केन्द्रका कर्मचारी पनि भएको सीएनएनले एउटा समाचारमा भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण