बुण्डेस लिगामा तेस्रो स्थानको फ्र्यान्कफर्टलाई सफलता
सोमबार, ०५ फागुन २०८१, ०५ : ५२
काठमाडौं । जर्मन बुण्डेस लिगामा तेस्रो स्थानको आइन्ट्राच्ट फ्र्यान्कफर्ट विजयी भएको छ । आइतबार राती भएको खेलमो फ्र्यान्कफर्टले होल्स्टीन कीलाई ३-१ ले हराएको हो ।
फ्र्यान्कफर्टलाई विजयी गराउन ह्युगो लार्सन, टुटा र क्यान उजुनले एक–एक गोल गरे । होल्स्टीनका फिन पोरथले एक गोल फर्काए । यस्तै, अर्को खेलमा होफेनहाइमले वेर्डर ब्रेमेनलाई ३-१ ले नै हरायो ।
यो सँगै फ्र्यान्कफर्टको २२ खेलबाट ४२ अंक भएको छ भने शीर्ष स्थानको बायर्न म्युनिखको समान खेलबाट ५५ अंक भएको छ । ४७ अंकसहित बायर लिभरकुजेन दोस्रो स्थानमा छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण