युक्रेनको खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गर्ने सम्झौतामा हस्ताक्षर नगर्न जेलेन्स्कीको निर्देशन
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको दुर्लभ खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गर्न प्रस्तावित सम्झौतामा हस्ताक्षर नगर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएका छन् । प्रस्ताव अमेरिकी हितमा अत्यधिक केन्द्रित भएको उनको भनाइ थियो ।
वार्तासँग परिचित एक वर्तमान र पूर्व वरिष्ठ अधिकारीका अनुसार, शुक्रबार म्युनिख सुरक्षा सम्मेलनको छेउमा अमेरिकी उपराष्ट्रपति जे.डी. भान्ससँग जेलेन्स्कीको छलफलको केन्द्रबिन्दुमा यो प्रस्ताव थियो । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले जेलेन्स्कीको सम्झौता अस्वीकार गर्ने निर्णयलाई अदूरदर्शी भने ।
‘मैले मन्त्रीहरूलाई सम्बन्धित सम्झौतामा हस्ताक्षर नगर्न निर्देशन दिएको छु किनभने मेरो विचारमा यो हमी अनि हाम्रो हितको रक्षा गर्नको लागि बनेको होइन,’ शनिबार म्युनिखमा एक विशेष अन्तरवार्तामा जेलेन्स्कीले भने ।
प्रस्ताव बाइडेन प्रशासनले युक्रेनलाई प्रदान गरेको सहयोगको मुआब्जा र भविष्यको सहयोगको भुक्तानीको रूपमा अमेरिकाले किभको दुर्लभ खनिज कसरी प्रयोग गर्न सक्छ भन्ने कुरामा केन्द्रित भएको युक्रेनी अधिकारीहरूले बताए ।
युक्रेनमा एयरोस्पेस, रक्षा र आणविक उद्योगहरूमा प्रयोग हुने महत्त्वपूर्ण खनिजहरूको विशाल भण्डार छ । यी खनिजका लागि चीनमाथिको निर्भरता कम गर्न ट्रम्प प्रशासनले युक्रेनको खनिजमा रुचि राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण