कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो ।
गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार सिरिजङ्घा महोत्सव–२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गरिनेछ ।
कञ्चनजङ्गा आधार शिविर क्षेत्रमा समुद्र सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा प्रतिस्पर्धा गराइने गाउँपालिकाले जनाएको छ । म्याराथन प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । प्रथम हुनेलाई दुई लाख आठ हजार पाँच सय ८६, दोस्रो हुनेलाई एक लाख आठ हजार पाँच सय ८६ तथा तेस्रो हुनेलाई रु ८५ हजार पाँच सय ८६ पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
कार्यपालिकाको निर्णयअनुसार प्रतियोगिता नयाँ झोरेनी, कस्तुरे डाँडा, झण्डे डाँडा, सिन्दुरे ढुङ्गा, तुप्लुङ, दुण्डु डाँडा, ढाउँ चौक, भेडी चोक हुँदै मछेवा पुग्ने २४ किलोमिटर दूरीमा सञ्चालन गरिनेछ ।
गाउँपालिकाले प्रतियोगितासँगै माउण्टेन साइकलिङ कार्यक्रम आयोजना गरिने जनाएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन, अवलोकन तथा साहसिक पदमार्गको अनुगमन गर्न सकिने आयोजकको अपेक्षा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण