भीष्म भाटलाई धनगढीको सहायक प्रशिक्षकको जिम्मेवारी
काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा सहभागी टोलीमध्येको एक धनगढी फुटबल क्लबले सहायक प्रशिक्षकमा भीष्म भाटलाई नियुक्त गरेको छ । धनगढी फुटबल क्लब प्रतियोगिताको साबिक उपविजेता पनि हो ।
गो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढी फुटबल क्लबले सोमबार धनगढीमा एक कार्यक्रम आयोजना गरी भाटलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । सहायक प्रशिक्षक भाट र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सहायक प्रशिक्षकमा नियुक्त भएपछि भाटले आफ्नै सहरको टोलीमा काम गर्न पाउँदा खुसी लागेको बताए । उनले टोलीलाई उत्कृष्ट नतिजा दिलाउन आफ्नो तर्फबाट सक्दा प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
यसैगरी, क्लबले देवेन्द्र तामाङ, रामचन्द्र वाझी र रन्दिप पौडेललाई एनएसएलको तेस्रो संस्करणका लागि रिटेन पनि गरेको छ । देवेन्द्रलाई ‘ए’ श्रेणी तथा रामचन्द्र र रन्दिपलाई ‘बी’ श्रेणीको खेलाडीका रुपमा रिटेन गरेको क्लबले जनाएको छ ।
देवेन्द्र गत सिजन धनगढी फुटबल क्लबको कप्तानसमेत रहेका थिए । तीन जना खेलाडीलाई रिटेन गर्न पाउने नियम अनुसार उनीहरूलाई रिटेन गरेको धनगढी फुटबल क्लबले जनाएको छ । धनगढीले यसअघि नै कृतिशरत्न छुन्जुलाई मार्की प्लेयर नियुक्त गरिसकेको छ ।
२१ वर्षीय युवा अट्याकिङ मिडफिल्डर छुन्जुले यसअघि पहिलो सिजनको एनएसएल बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए । दोस्रो सिजनको एनएसएलमा भने उनी धनगढीमै आबद्ध थिए । धनगढी दुवै संस्करणको उपविजेता टोली हो ।
पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौँ रेजर्ससँग पराजित भएको थियो । दोस्रो संस्करणको फाइनलमा भने धनगढीलाई ललितपुर सिटीले हराएको थियो । तेस्रो संस्करणको एनएसएलका लागि फागुन १० गते अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण