अमेरिकामा बाढीपछि शितलहरको कहर, मर्नेको संख्या १३ पुग्यो
वाशिङटन डीसी । सप्ताहन्तमा आएको बाढीपछि अमेरिकाका धेरै भागहरूमा सहनै नसक्ने चिसोको कहर छ । पूर्वी अमेरिकापछि ध्रुवीय भोर्टेक्सले रकी पर्वत र उत्तरी मैदानहरूलाई आफ्नो चपेटामा पारेको छ । यसमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय मौसम सेवाले सोमबार उत्तरी डकोटाका केही भागको तापक्रम माइनस ५१ डिग्री सेल्सियस र मोन्टानाको केही भागको तापक्रम माइनस ४६ डिग्री सेल्सियस पुगेको बताएको छ । क्यानाडाको सिमानादेखि ओक्लाहोमा र मध्य टेक्साससम्म फैलिएका ११ अमेरिकी राज्यहरूमा अत्यधिक चिसोको चेतावनी जारी गरिएको छ ।
बाढी प्रभावित केन्टकीमा मृत्यु हुनेको संख्या ११ पुगेको केन्टकीका गभर्नर एन्डी बेशियरले सोमबार बताएका छन् । नौ जनाको मृत्यु बाढीसँग सम्बन्धित थियो । उनले दुई घातक सवारी दुर्घटनाहरू खराब मौसमसँग सम्बन्धित भएको बताए । बाढीमा फसेका कम्तीमा हजार मानिसहरूलाई उद्धार गरिएको छ । केन्टकी र टेनेसीका केही भागहरूमा छ इन्चसम्म वर्षा भएको थियो भने दक्षिणभरि गम्भीर आँधीबेहरी आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण