अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : आज नेपाल र लेबनान भिड्दै
बिहीबार, ०८ फागुन २०८१, ०८ : २७
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र लेबनान भिड्दै छन्। काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे खेल सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले पराजित गरेको थियो । लेबनानले भने आफ्नो पहिलो खेलमा बलियो मानिएको म्यानमारसँग ३–१ गोलले पराजित भएको थियो।
नेपालले लेबनानसँग दोस्रो पटक खेल्न लगेको हो। यसअघि सन् २०२४ को वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र लेबनानले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए। सो खेलमा नेपालले २–१ गोलले जित निकालेको थियो।
प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ। नेपालले अब फागुन ८ मा लेबनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण