७ महिनामा नेपालका प्रमुख भन्सार नाकाबाट कति भयो आयात-निर्यात ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा (साउन-माघ) नेपालका विभिन्न भन्सार नाकाबाट कुल ९८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । सोही अवधिमा १२७ अर्ब २० करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
सबैभन्दा बढी आयात हुने भन्सार नाका वीरगञ्ज रहेको छ। वीरगञ्ज भन्सार कार्यालयबाट मात्र ३३४ अर्ब ६२ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन कुल आयातको ३३.८५ प्रतिशत हो। त्यस्तै, सोही नाकाबाट ४० अर्ब ३४ करोड ५९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जसले कुल निर्यातको ३१.७२ प्रतिशत हिस्सा ओगट्छ।
त्यसैगरी, दोस्रो ठूलो आयात हुने भन्सार नाका भैरहवा रहेको छ, जहाँबाट १४४ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ। त्यहाँबाट ९ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
बिराटनगर भन्सार तेस्रो स्थानमा छ, जहाँबाट ११२ अर्ब १७ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात तथा ३० अर्ब ८३ करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
चोभार, जनकपुर, महेशपुर, राजविराज, सुनसरी, सुथौली, तातोपानी लगायतका भन्सार नाकाबाट भने निर्यात शून्य रहेको छ। यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ८२ अर्ब २४ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात तथा २० अर्ब ३४ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीबाट ४७ अर्ब ९० करोड ९ लाख रुपैयाँ बराबरको वस्तु आयात र १ अर्ब ६६ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण