७ महिनामा नेपालका प्रमुख भन्सार नाकाबाट कति भयो आयात-निर्यात ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा (साउन-माघ) नेपालका विभिन्न भन्सार नाकाबाट कुल ९८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । सोही अवधिमा १२७ अर्ब २० करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
सबैभन्दा बढी आयात हुने भन्सार नाका वीरगञ्ज रहेको छ। वीरगञ्ज भन्सार कार्यालयबाट मात्र ३३४ अर्ब ६२ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन कुल आयातको ३३.८५ प्रतिशत हो। त्यस्तै, सोही नाकाबाट ४० अर्ब ३४ करोड ५९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जसले कुल निर्यातको ३१.७२ प्रतिशत हिस्सा ओगट्छ।
त्यसैगरी, दोस्रो ठूलो आयात हुने भन्सार नाका भैरहवा रहेको छ, जहाँबाट १४४ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ। त्यहाँबाट ९ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
बिराटनगर भन्सार तेस्रो स्थानमा छ, जहाँबाट ११२ अर्ब १७ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात तथा ३० अर्ब ८३ करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
चोभार, जनकपुर, महेशपुर, राजविराज, सुनसरी, सुथौली, तातोपानी लगायतका भन्सार नाकाबाट भने निर्यात शून्य रहेको छ। यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ८२ अर्ब २४ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात तथा २० अर्ब ३४ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीबाट ४७ अर्ब ९० करोड ९ लाख रुपैयाँ बराबरको वस्तु आयात र १ अर्ब ६६ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा
-
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा