अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : लेबनानविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले लेबनानको सामना गर्दैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल जारी रहेको छ । पहिलो हाफको अन्त्यमा नेपाल १-० ले अघि रहेको छ ।
पहिलो हाफको अन्त्यतिर नेपालले अग्रता लिएको थियो । खेलको ४२ औँ मिनेटमा साबित्रा भण्डारीको प्रहार लेबनानको खेलाडीलाई लाग्दै जाली चुम्न पुगेको थियो । पहिलो हाफको अतिरिक्त समयमा उनी नेपालको अग्रता दोब्बर बनाउनबाट चुकेकी थिइन् ।
नेपालले खेलमा नियन्त्रण राखे पनि लामो समय गोल गर्न सकेको थिएन । नेपालले गोलका लागि थुप्रै अवसर पाए पनि गोलमा परिणत गर्न सकेको थिएन ।
नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले हराएको थियो । लेबनान भने आफ्नो पहिलो खेलमा बलियो म्यानमारसँग ३–१ गोलले पराजित भएको थियो ।
लेबनानसँग नेपालको यो दोस्रो भिडन्त हो । यसअघि सन् २०२४ को वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र लेबनानले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । सो खेलमा नेपाल २–१ गोलअन्तरले विजयी बनेको थियो ।
नेपालले यस खेलपछि फागुन ११ मा म्यानमारसँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा खेलिने यो प्रतियोगिताका शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ । फाइनल खेल फागुन १४ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण