आकाशमा एउटै सिधा रेखामा देखिँदैछन् सात ग्रह
काठमाडौँ । अन्तरिक्षमा प्रायः अद्भुत खगोलीय घटनाहरू देखिन्छन् । खगोलीय घटनाहरूमा रुचि राख्नेहरूका लागि आगामी दिन निकै विशेष हुँदैछ ।
शनि, बुध, वरुण, शुक्र, अरुण, बृहस्पति र मंगल गरेर सात ग्रहहरू एउटै सिधा रेखामा देखिनेछन् । वैज्ञानिकहरूले यो खगोलीय घटनालाई दुर्लभ ग्रहीय संयोग भनेका छन् ।
खगोलीय घटनाहरूमा रुचि राख्नेहरू र आम जनताका लागि यो एक अद्भुत घटना हुनेछ । सबै ग्रह सूर्यको एकै तिर हुनु अनि सबै एउटै सिधा रेखामा हुनु दुर्लभ हो ।
एकै समयमा केही ग्रहहरू एउटै रेखामा हुनु असामान्य होइन, तर सबै ग्रहहरू एउटै रेखामा हुनु पक्कै पनि दुर्लभ घटना हो । यो अद्भुत खगोलीय घटनालाई प्लानेटरी अलाइन्मेन्ट भनिन्छ । यही फेब्रुअरी २८ मा सौर्यमण्डलका सबै सात ग्रहहरू रातमा एउटै रेखामा देखिनेछन् ।
ग्रहहरूले सूर्यको वरिपरि फरक–फरक कक्षमा परिक्रमा गर्छन् । हरेक ग्रहको कक्षा फरक–फरक हुन्छ । त्यसैले तिनीहरू सीधा रेखामा देखिँदैनन् । तर, जब पृथ्वी लगायत अन्य ग्रहहरू सूर्यको एकै साइडमा छन् भने आकाशमा तिनीहरू सीधा रेखामा देखापर्छन् । यो क्रम जनवरीदेखि चलिरहेको छ र मार्च ८ सम्म जारी रहनेछ ।
तर फेब्रुअरी २८ मा भने सात वटै ग्रह परेड खेले झैँ एउटै रेखामा देखिनेछन् । यो घटना एकदमै दुर्लभ भएको र अर्को १५ वर्षसम्म फेरि नदेखिने वैज्ञानिकहरू भन्छन् । ग्रहहरूको यस्तो परेड सन २०४० मा मात्र देख्न सकिनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण