आकाशमा एउटै सिधा रेखामा देखिँदैछन् सात ग्रह

काठमाडौँ । अन्तरिक्षमा प्रायः अद्भुत खगोलीय घटनाहरू देखिन्छन् । खगोलीय घटनाहरूमा रुचि राख्नेहरूका लागि आगामी दिन निकै विशेष हुँदैछ ।
शनि, बुध, वरुण, शुक्र, अरुण, बृहस्पति र मंगल गरेर सात ग्रहहरू एउटै सिधा रेखामा देखिनेछन् । वैज्ञानिकहरूले यो खगोलीय घटनालाई दुर्लभ ग्रहीय संयोग भनेका छन् ।
खगोलीय घटनाहरूमा रुचि राख्नेहरू र आम जनताका लागि यो एक अद्भुत घटना हुनेछ । सबै ग्रह सूर्यको एकै तिर हुनु अनि सबै एउटै सिधा रेखामा हुनु दुर्लभ हो ।
एकै समयमा केही ग्रहहरू एउटै रेखामा हुनु असामान्य होइन, तर सबै ग्रहहरू एउटै रेखामा हुनु पक्कै पनि दुर्लभ घटना हो । यो अद्भुत खगोलीय घटनालाई प्लानेटरी अलाइन्मेन्ट भनिन्छ । यही फेब्रुअरी २८ मा सौर्यमण्डलका सबै सात ग्रहहरू रातमा एउटै रेखामा देखिनेछन् ।
ग्रहहरूले सूर्यको वरिपरि फरक–फरक कक्षमा परिक्रमा गर्छन् । हरेक ग्रहको कक्षा फरक–फरक हुन्छ । त्यसैले तिनीहरू सीधा रेखामा देखिँदैनन् । तर, जब पृथ्वी लगायत अन्य ग्रहहरू सूर्यको एकै साइडमा छन् भने आकाशमा तिनीहरू सीधा रेखामा देखापर्छन् । यो क्रम जनवरीदेखि चलिरहेको छ र मार्च ८ सम्म जारी रहनेछ ।
तर फेब्रुअरी २८ मा भने सात वटै ग्रह परेड खेले झैँ एउटै रेखामा देखिनेछन् । यो घटना एकदमै दुर्लभ भएको र अर्को १५ वर्षसम्म फेरि नदेखिने वैज्ञानिकहरू भन्छन् । ग्रहहरूको यस्तो परेड सन २०४० मा मात्र देख्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न