सेन्ट जेभियर्सको भर्ना प्रक्रियामा गोला प्रथाबारे सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौँ । ललितपुरको सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुलमा विद्यार्थी भर्ना गर्दा लागू गरिएको गोला प्रथा विरुद्धको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ ।
अधिवक्ता सुजाता केसीले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीले गोला प्रथाबाट भर्ना गर्नुको कारण देखाउन आदेश गरेका हुन् ।
अधिवक्ता केसीले गोला प्रथा खारेज गरेर योग्यताको आधारमा भर्ना लिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् । अदालतले विद्यालयलाई लिखित कारण देखाऊ आदेश जारी गरेको छ ।
सेन्ट जेभियर्स र मेरिजले कक्षा १ मा भर्ना लिँदा गोला मार्फत भर्ना लिने गरेको छ । गोलाबाट भर्ना लिँदा विद्यार्थीको शैक्षिक क्षमता, सिर्जनात्मकता र योग्यताको परीक्षण नहुने रिट निवेदनमा जिकिर गरिएको छ ।
निवेदकले सो प्रथा हटाउन माग गर्दै ललितपुर महानगर,महानगरको शिक्षा शाखा, सामाजिक विकाश मन्त्रालय र बागमती प्रदेशको शिक्षा तथा खेलकुद विकाश मन्त्रालयलाई विपक्षी बनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण