सेन्ट जेभियर्सको भर्ना प्रक्रियामा गोला प्रथाबारे सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँ । ललितपुरको सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुलमा विद्यार्थी भर्ना गर्दा लागू गरिएको गोला प्रथा विरुद्धको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ ।
अधिवक्ता सुजाता केसीले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीले गोला प्रथाबाट भर्ना गर्नुको कारण देखाउन आदेश गरेका हुन् ।
अधिवक्ता केसीले गोला प्रथा खारेज गरेर योग्यताको आधारमा भर्ना लिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् । अदालतले विद्यालयलाई लिखित कारण देखाऊ आदेश जारी गरेको छ ।
सेन्ट जेभियर्स र मेरिजले कक्षा १ मा भर्ना लिँदा गोला मार्फत भर्ना लिने गरेको छ । गोलाबाट भर्ना लिँदा विद्यार्थीको शैक्षिक क्षमता, सिर्जनात्मकता र योग्यताको परीक्षण नहुने रिट निवेदनमा जिकिर गरिएको छ ।
निवेदकले सो प्रथा हटाउन माग गर्दै ललितपुर महानगर,महानगरको शिक्षा शाखा, सामाजिक विकाश मन्त्रालय र बागमती प्रदेशको शिक्षा तथा खेलकुद विकाश मन्त्रालयलाई विपक्षी बनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण