भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
मङ्गलबार, १३ फागुन २०८१, १७ : ४४
काठमाडौँ । भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष मंगलबार नेपाल आएका छन् । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरु नेपाल आएका हुन् ।
नेपाल आउनेहरुमा जोगिन्दर जसवन्त सिंह (अ.प्रा.), दीपक कपुर (अ.प्रा.), विजय कुमार सिंह (अ.प्रा.), दलवीर सिंह सुहाग (अ.प्रा.), मनोज मुकुन्द नरवणे (अ.प्रा.) र मनोज पाण्डे (अ.प्रा.) रहेका छन् ।
उनीहरुले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
-
पोल्याण्डको सत्तारुढ पार्टीका प्रवक्ता र कांग्रेस प्रवक्ता चालिसेबिच भेटवार्ता
-
कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने
-
विद्यार्थी सङ्गठनका संरचना हटाउने त्रिविकाे निर्देशन फिर्ताकाे माग
-
खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण