ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् २१ र २२ गते
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसको वार्षिक राष्ट्रिय परिषद् फागुन २१ र २२ गते हुने भएको छ । भक्तपुरमा हुने परिषद्को उद्घाटन समारोहलाई नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्री गगन कुमार थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
फागुन २२ गते हुने परिषद्को बन्द सत्रमा देशभरिका ४०० भन्दा बढी पार्षदहरुको सहभागिता रहने ट्रेड युनियन कांग्रेसका उपमहासचिव एवं परिषद् क्रेडेन्सियल उपसमिति संयोजक बलदेव तामाङले जानकारी दिए ।
परिषद्को बन्द सत्रमा महासचिव अजय कुमार राईले साङ्गठानिक प्रतिवेदन र कोषाध्यक्ष सञ्जय दाहालले आर्थिक प्रतिवेदन पेस गर्नेछन् । परिषद्ले संगठन विस्तार, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन, श्रम ऐन संशोधन र प्रभावकारी कार्यान्वयन, श्रमिक पञ्जिकरण, न्यूनतम पारिश्रमिक लागू, मर्यादित रोजगारी सिर्जना, जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभाव, सामाजिक संवाद, आधिकारिक ट्रेड युनियनको निर्वाचन, आईएलओ महासन्धिहरुको अनुमोदन, सुरक्षित कार्यस्थल र ट्रेड युनियन अधिकारको ग्यारेन्टी लगायतका विषयहरूमा बृहत् छलफल गरी सशक्त ट्रेड युनियन आन्दोलनको कार्यदिशा निर्माण गर्ने विश्वास लिएको छ ।
परिषद् सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी काम अगाडि बढिरहेकोले तयारी अन्तिम चरणमा पुगेको परिषद् तयारी समितिका संयोजक एवं वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले जानकारी दिए ।
नेपाल ट्रेड युनियन कांग्रेसको स्थापना वि.सं. २००३ सालमा विराटनगर मजदुर युनियनको नाममा गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा भएको थियो । यही विराटनगर मजदुर आन्दोलनले १०४ वर्षे निरंकुश राणा शासन हटाउनेदेखि विभिन्न समयमा भएको लोकतन्त्र स्थापनाको आन्दोलनमा प्रमुख भूमिका खेल्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण