पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा
पाल्पा । ४३औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका विभिन्न पालिकाले सार्वजनिक बिदा दिएका छन् ।
फागुन १५ गते अर्थात् बिहीबार मगर एकता दिवसको अवसर पारेर रामपुर नगरपालिकासहित रम्भा, बगनासकाली, निस्दी, पूर्वखोला र माथागढी गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । सो दिन पालिका मातहतका कार्यालय, शैक्षिक संस्थामा बिदा दिइएको सार्वजनिक सूचनामार्फत जनाइएको छ ।
मगर समुदायको बसोबास बढी रहेकाले यस क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम, संस्कृति संरक्षण गर्न र उल्लासमय रूपमा दिवस मनाउन एक दिन सार्वजनिक बिदा दिइँदै आएको रामपुर नगरप्रमुख रमणबहादुर थापाले बताए ।
बगनासकाली गाउँपालिकाले स्थानीय बिदाको दिन आदिवासी जनजाति समन्वय समितिको आयोजना तथा नेपाल मगर सङ्घको सहजीकरणमा हुने कार्यक्रममा सहभागी हुन गाउँसभाका सदस्य एवं सम्पूर्ण कर्मचारीलाई चिलाङ्दी खेलमैदानमा उपस्थित हुन अनुरोधसमेत गरेको छ ।
दिवसका दिन मगर समुदायका व्यक्तिहरू आफ्नो संस्कृति झल्कने पहिरनमा सजिएर झाँकी, र्यालीसहित कार्यक्रममा सहभागी हुने गर्दछन् । दिवसको अवसर पारेर खानाका परिकार प्रदर्शनी, सालैजो, झ्यारे, मारुनी जस्ता संस्कृति नाच प्रस्तुतिलगायत कार्यक्रम आयोजना गरिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण