ढाकास्थित नेपाली दूतावासमा सेना दिवस र साहित्यिक महोत्सव सम्पन्न

काठमाडौँ । बङ्गलादेशमा सेना दिवस एवं साहित्यिक महोत्सव आयोजना गरिएको छ । ढाकास्थित नेपाली दूतावासमा दुवै कार्यक्रम आयोजना गरिएका हुन् ।
नेपाली सेनाको २६२ औँ स्थापना दिवसको अवसरमा सोमबार साँझ दूतावास परिसरमा आयोजित स्वागत समारोहमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले सेना दिवसबाट नेपाल र नेपाली जनताप्रति नेपाली सेनाको अटल समर्पण, वफादारी र सेवा झल्कने बताए ।
उनले नेपाल र बङ्गलादेशबीचको सैन्य सहयोगलाई उजागर गर्दै त्यसबाट मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न योगदान पुग्ने विश्वास व्यक्त गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
दूतावासका सैन्य सहचारी महासेनानी अञ्जनकेशर खत्रीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षामा नेपाली सेनाको भूमिकाबारे चर्चा गर्र्दै नेपालको सामाजिक–आर्थिक विकासमा नेपाली सेनाको योगदानका साथै संयुक्त राष्ट्रसङ्घको आह्वानमा अन्तरराष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले निर्वाह गरेको योगदानबारे जानकारी दिए ।
उक्त दूतावासका अनुसार समारोहका प्रमुख अतिथि, बङ्गलादेशका प्रधानसेनापति जनरल वाकर–उज–जमानले नेपाल र बङ्गलादेशका सशस्त्र बलबीचको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गरे ।
यसैबीच, दूतावासले मङ्गलबार दिउँसो बङ्गलादेश–नेपालमैत्री समाजसँगको सहकार्यमा साहित्यिक समारोह पनि आयोजना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार
-
नेपाली उत्पादनको निर्यात प्रवर्द्धन हुने गरी बजेटमा सम्बोधन हुनुपर्छ : अध्यक्ष ढकाल
-
१० बजे १० समाचार : रवीन्द्र मिश्रलाई राहतदेखि छवि र रविको मुद्दा हेर्दाहेर्दैमासम्म
-
आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद