श्वेत महिलाले आईभीएफबाट अश्वेत शिशुलाई जन्म दिएपछि...
वासिङ्टन । अमेरिकामा एक महिलाले गल्तीले अर्को जोडीको बच्चालाई जन्म दिनुका साथै उक्त बच्चाको अभिभावकत्व गुमाउनु परेपछि आईभीएफ क्लिनिकविरुद्ध मुद्दा दायर गरेकी छन् ।
क्रिस्टिना मुर्रेले कोस्टल फर्टिलिटी क्लिनिकमार्फत आईभीएफ उपचार गराइरहेकी थिइन् । सन् २०२३ को मेमा आफू गर्भवती भएको समाचार थाहा पाएपछि उनका लागि त्यो जीवनकै सबैभन्दा खुसीको दिन थियो । तर, उनको खुसी लामो समय टिक्न सकेन ।
सोही वर्षको डिसेम्बरमा उनले शिशुलाई जन्म दिइन् । उनले स्पष्ट रूपमा श्वेत वीर्य दाता माग गरे पनि उनले जन्म दिएको शिशु भने अश्वेत थियो । उनले आफ्नो परिवार र साथीलाई शिशुलाई भेट्न पनि दिइनन् ।
त्यसपछि जनवरी महिनामा डीएनए परीक्षण गर्दा उनी र शिशुबिच आनुवंशिक सम्बन्ध नरहेको पाइयो । त्यसपछि आईभीएफ क्लिनिकले गम्भीर गल्ती गरेको पत्ता लाग्यो । उनले यसबारे क्लिनिकलाई पनि जानकारी गराइन् ।
यसका बाबजुद उनले शिशुलाई आफूसँग राख्ने र हुर्काउने निधो गरिन् । तर, त्यसको केही समयपछि नै ती शिशुका वास्तविक आमाबाबुले स्वामित्वका लागि मुद्दा दायर गरे ।
‘९ महिनासम्म शिशुलाई बोक्नु, माया बस्नु, जन्म दिनु र आमा र बच्चाबिचको सम्बन्ध स्थापित हुनु र अन्त्यमा सबै गुमाउनु । म योबाट कहिले पनि पार पाउँदिन होला,’ क्रिस्टिनाले भनिन् ।
उनको कानुनी टोलीले यो मुद्दा आफूहरूले हार्ने बताएपछि उनले बच्चालाई वास्तविक आमाबाबुलाई हस्तान्तरण गरिन् । अहिले ती शिशु उनीहरूसँगै बस्छन् ।
‘म खुसी थिएँ । म आमा बनेकी थिएँ । ऊ सुन्दर थियो । तर, मलाई थाहा थियो केही गल्ती भएको छ,’ कोस्टल फर्टिलिटी क्लिनिकविरुद्ध मुद्दा दायर गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘त्यो बालक आनुवंशिक रूपमा मेरो नहोला । तर, ऊ सधैँ मेरो छोरा रहनेछ ।’
यता, क्लिनिकले पनि आफ्नो गल्ती स्वीकार गरेको छ । यसमा क्रिस्टिनाबाहेक अरू कोही पनि प्रभावित नभएको उसको भनाई छ । क्लिनिकले भविष्यमा यस्तो गल्ती नदोहोर्याउन थप सजगता अपनाउने जिकिर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई ‘पूर्वसुनुवाइ’ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण