श्वेत महिलाले आईभीएफबाट अश्वेत शिशुलाई जन्म दिएपछि...

वासिङ्टन । अमेरिकामा एक महिलाले गल्तीले अर्को जोडीको बच्चालाई जन्म दिनुका साथै उक्त बच्चाको अभिभावकत्व गुमाउनु परेपछि आईभीएफ क्लिनिकविरुद्ध मुद्दा दायर गरेकी छन् ।
क्रिस्टिना मुर्रेले कोस्टल फर्टिलिटी क्लिनिकमार्फत आईभीएफ उपचार गराइरहेकी थिइन् । सन् २०२३ को मेमा आफू गर्भवती भएको समाचार थाहा पाएपछि उनका लागि त्यो जीवनकै सबैभन्दा खुसीको दिन थियो । तर, उनको खुसी लामो समय टिक्न सकेन ।
सोही वर्षको डिसेम्बरमा उनले शिशुलाई जन्म दिइन् । उनले स्पष्ट रूपमा श्वेत वीर्य दाता माग गरे पनि उनले जन्म दिएको शिशु भने अश्वेत थियो । उनले आफ्नो परिवार र साथीलाई शिशुलाई भेट्न पनि दिइनन् ।
त्यसपछि जनवरी महिनामा डीएनए परीक्षण गर्दा उनी र शिशुबिच आनुवंशिक सम्बन्ध नरहेको पाइयो । त्यसपछि आईभीएफ क्लिनिकले गम्भीर गल्ती गरेको पत्ता लाग्यो । उनले यसबारे क्लिनिकलाई पनि जानकारी गराइन् ।
यसका बाबजुद उनले शिशुलाई आफूसँग राख्ने र हुर्काउने निधो गरिन् । तर, त्यसको केही समयपछि नै ती शिशुका वास्तविक आमाबाबुले स्वामित्वका लागि मुद्दा दायर गरे ।
‘९ महिनासम्म शिशुलाई बोक्नु, माया बस्नु, जन्म दिनु र आमा र बच्चाबिचको सम्बन्ध स्थापित हुनु र अन्त्यमा सबै गुमाउनु । म योबाट कहिले पनि पार पाउँदिन होला,’ क्रिस्टिनाले भनिन् ।
उनको कानुनी टोलीले यो मुद्दा आफूहरूले हार्ने बताएपछि उनले बच्चालाई वास्तविक आमाबाबुलाई हस्तान्तरण गरिन् । अहिले ती शिशु उनीहरूसँगै बस्छन् ।
‘म खुसी थिएँ । म आमा बनेकी थिएँ । ऊ सुन्दर थियो । तर, मलाई थाहा थियो केही गल्ती भएको छ,’ कोस्टल फर्टिलिटी क्लिनिकविरुद्ध मुद्दा दायर गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘त्यो बालक आनुवंशिक रूपमा मेरो नहोला । तर, ऊ सधैँ मेरो छोरा रहनेछ ।’
यता, क्लिनिकले पनि आफ्नो गल्ती स्वीकार गरेको छ । यसमा क्रिस्टिनाबाहेक अरू कोही पनि प्रभावित नभएको उसको भनाई छ । क्लिनिकले भविष्यमा यस्तो गल्ती नदोहोर्याउन थप सजगता अपनाउने जिकिर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेखमा करेन्ट लागेर एक युवकको ज्यान गयो
-
आज शिक्षा समिति बैठक बस्दै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित