सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना
सिरहा। सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।
नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले उद्घाटन गगरे ।
“हुलाकी राजमार्ग आसपासका बासिन्दाले समयमा सर्पदंशको उपचार नपाउँदा बर्सेनि अकालमा ज्यान गुमाउनु परेको थियो । स्थानीयको सहज उपचार पहुँच विस्तार गर्ने योजना अनुसार सर्पदंश उपचार केन्द्र स्थापना गरेका हौँ”, नवराजपुरका स्वास्थ्य संयोजक संजिवकुमार यादवले भने ।
उनका अनुसार नेपाली सेनाको प्राविधिक सहयोगमा तालिम प्राप्त चिकित्सक जितेन्द्र यादवको टिमले उपचार गर्ने र केन्द्र अन्य व्यवस्थापन गाउँपालिकाले गर्नेछ । उक्त केन्द्र सञ्चालनका लागि रु १५ लाख स्रोत व्यवस्थापन गरिएको भन्दै आवश्यकताअनुसार थप्दै जाने गाउँपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शोकमा डुबे फ्रान्सका प्रशिक्षक डेसचाम्प्स, नर्वेविरुद्धको खेलमा अनुपस्थित हुने
-
ललितपुरका वडाहरूलाई ४ करोड रुपैयाँसम्मको बजेट सीमा
-
ललितपुरमा कृषकलाई बहाल कर छुट
-
ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता
-
यी हुन् रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनेहरु (सूचीसहित)
-
‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ : चीनले नेपालको सन्दर्भमा दिन खोजेको सन्देश के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण