बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

डिउटीका बेला ट्राफिक प्रहरीले चालकसहित सेवाग्राहीसँग हात मिलाउन नपाउने

बुधबार, १० असार २०८३, १६ : २३
बुधबार, १० असार २०८३

सारांश

  • काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीको समयमा सवारी चालक र सेवाग्राहीसँग हात नमिलाउन मातहतका प्रहरीलाई निर्देशन दिएको छ।
  • सामाजिक सञ्जाल र नागरिक गुनासोका आधारमा ट्राफिक प्रहरीले हात मिलाउँदा समस्या आएको भन्दै यो निर्देशन जारी गरिएको हो।
  • अब उप्रान्त ट्राफिक प्रहरीले हात मिलाउनुको सट्टा टाढैबाट नमस्कार गरी सम्मान गर्नुपर्नेछ।

काठमाडौँ । सवारी चालकलगायत अन्य सेवाग्राहीसँग ड्युटीको समयमा हात नमिलाउनू भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका फिक प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ।

कार्यालय मंगलबार ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग र पोष्ट सबैलाई सर्कुलर पठाउँदै यस्तो निदर्शेन दिएको हो।

सर्कुलरमा ट्राफिक प्रहरीले चेकिङलगायत अन्य ड्युटीको समयमा सवारी चालक र अन्य सेवाग्राहीसँग हात मिलाएका दृश्यहरूबारे सामाजिक सञ्जाल तथा आम नागरिकहरूबाट विभिन्न गुनासो प्राप्त भइरहेको उल्लेख छ । 

यसैलाई आधार बनाएर अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीको समयमा सवारी चालकलगायत सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्णरूपमा त्याग्नुपर्ने र त्यसको सट्टा टाढैबाट नमस्कार मात्र गरी सम्मान गर्नु/गराउनु निर्देशन दिइएको छ।

यो निर्देशन प्रहरी उपरीक्षक नरेशराज सुवेदीको हस्ताक्षरबाट सबै सम्बद्ध इकाईमा यस्तो सर्कुलर पठँइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप