शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह
ललितपुर । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घको २९ औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास हुनुपर्ने बताएका हुन् ।
विगतमा भन्दा अहिले शिक्षाको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन आएको भन्दै नेपालमै गुणस्तरीय शिक्षा लिन सक्ने अवस्था बन्नु सुखद रहेको सिंहको भनाई छ । शैक्षिक नीति सुधारमा अङ्ग्रेजी भाषा नीति र अङ्ग्रेजी भाषा शिक्षाको क्षेत्रमा योगदान गर्न पनि सङ्घलाई आग्रह गरे ।
‘नयाँ शैक्षिक नीतिहरूको निर्माण, पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्नु सामूहिक प्रयास हुनुपर्छ भन्ने मेरो मत छ। पाठ्यक्रम, सिकाई सामग्री, शिक्षण विधिमा निरन्तर सुधार सुनिश्चित गर्न हामीले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयसँग हात मिलाएर नै काम गर्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।
सन् १९९२ मा स्थापना भएदेखि नै नेपालमा अङ्ग्रेजी भाषा शिक्षालाई अगाडि बढाउन एसोसिएसनले खेलेको भूमिका को उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै देशको दुर्गम क्षेत्रहरूमा अङ्ग्रेजी भाषाको शिक्षा र सिकाइलाई अभिवृद्धि गर्नमा थप भूमिका खेल्न पनि आग्रह गरे । ललितपुरमा आजबाट सुरु भएको सम्मेलन ३ दिनसम्म चल्ने आयोजक पक्षले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण