१ लाख मेट्रिक टन बीउमा १५ अर्ब खर्च

काठमाडौँ । नेपालले १ लाख मेट्रिक टन बीउका लागि १५ अर्ब खर्च गरेको छ । नेपालले सात महिनामा १ लाख मेट्रिक टन कृषि उत्पादनको बीउ ल्याएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब १० करोड ५१ लाख ३७ हजार रुपैयाँको १ लाख ६७ हजार २२८ मेट्रिक टन बीउ ल्याइएको हो । टमाटर, सूर्यमुखी, उखु, प्याज, विभिन्न सजावटका फूल, तरकारी र विभिन्न खाद्यान्न बाली लगायतका बीउ आयात गरिएको छ । सो बीउ भित्र्याउँदा सरकारले २ अर्ब ६ करोड ८३ लाख ३१ हजार रुपैयाँको राजस्व संकलन गरेको छ । यी कृषि उपजको बीउ भारत, चीन, पाकिस्तान, टर्की, कोरिया लगायत मुलुकबाट आयात गरिएको भन्सार विभागले जनाएको छ ।
पछिल्लो पटक किसानले रैथाने बीउभन्दा आयात हाइब्रिड बीउ रोप्ने गरेका छन् । तर यस्ता बीउबाट एक उत्पादन मात्रै लिन पाइन्छ । यसकारणले नेपालले बर्षेनी अर्बोको कृषि उपजको बीउ आयात गरेको छ । गतवर्ष मात्रै २१ अर्ब ७७ करोड रुपैयाँको कृषिजन्य वस्तुको बीउ आयात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा
-
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा