१ लाख मेट्रिक टन बीउमा १५ अर्ब खर्च
काठमाडौँ । नेपालले १ लाख मेट्रिक टन बीउका लागि १५ अर्ब खर्च गरेको छ । नेपालले सात महिनामा १ लाख मेट्रिक टन कृषि उत्पादनको बीउ ल्याएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब १० करोड ५१ लाख ३७ हजार रुपैयाँको १ लाख ६७ हजार २२८ मेट्रिक टन बीउ ल्याइएको हो । टमाटर, सूर्यमुखी, उखु, प्याज, विभिन्न सजावटका फूल, तरकारी र विभिन्न खाद्यान्न बाली लगायतका बीउ आयात गरिएको छ । सो बीउ भित्र्याउँदा सरकारले २ अर्ब ६ करोड ८३ लाख ३१ हजार रुपैयाँको राजस्व संकलन गरेको छ । यी कृषि उपजको बीउ भारत, चीन, पाकिस्तान, टर्की, कोरिया लगायत मुलुकबाट आयात गरिएको भन्सार विभागले जनाएको छ ।
पछिल्लो पटक किसानले रैथाने बीउभन्दा आयात हाइब्रिड बीउ रोप्ने गरेका छन् । तर यस्ता बीउबाट एक उत्पादन मात्रै लिन पाइन्छ । यसकारणले नेपालले बर्षेनी अर्बोको कृषि उपजको बीउ आयात गरेको छ । गतवर्ष मात्रै २१ अर्ब ७७ करोड रुपैयाँको कृषिजन्य वस्तुको बीउ आयात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण