बुण्डेस लिगा : बायर लिभरकुजेनको शानदार जित
आइतबार, १८ फागुन २०८१, ०६ : ०५
काठमाडौं । जर्मन बुण्डेस लिगामा दोस्रो स्थानको बायर लिभरकुजेनले शानदार जित हासिल गरेको छ । शनिबार राती भएको खेलमा बायरले आइन्ट्राच्ट फ्र्यान्कफर्टलाई ४-१ गोल अन्तरले हरायो ।
बायरलाई जिताउन नाथन टेला, नोर्डी मुकिले, प्याट्रिक शिक र एलेक्स गार्सियाले एक–एक गोल गरे । फ्र्यान्कफर्टका ह्युगो एकिटिकेले एक गोल फर्काए । जितसँगै बायरको २४ खेलबाट ५३ अंक भएको छ । उसले शीर्ष सथानको बायर्न म्युनिखसँग अंक दुरी कम गरेको छ । शीर्ष स्थानको बायर्नको समान खेलबाट ६१ अंक छ ।
यस्तै, बोरुसिया डर्टमण्डले एटी पाउलीलाई २-० ले हराउदा उल्फ्सवर्गले वेर्डर ब्रेमेनलाई २-१ ले पाखा लगायो । बोरुसिया म्याग्लाडव्याचले हिडेनहाइमलाई ३-० ले पराजित गर्दा आरबी लेप्जिग मेन्जसँग २-१ ले हार्यो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण