रसिक र सापकोटालाई ‘परशु–कल्पना स्रष्टा’ सम्मान
सोमबार, १९ फागुन २०८१, १४ : ३३
काठमाडौँ । नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकारद्वय गणेश रसिक र ध्रुव सापकोटालाई संयुक्त रूपमा ‘परशु–कल्पना स्रष्टा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा हालै बसेको बैठकले उक्त सम्मान रसिक र सापकोटालाई प्रदान गर्ने निर्णय गरेको हो ।
दुवैजना सम्मानित स्रष्टालाई रु ५० हजार १ सय १ नगद राशिसहित सम्मान प्रदान गरिनेछ ।
नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा विशिष्ट योगदान पुर्याएकालाई यो सम्मान अर्पण गरिने समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले बताए । रोदनका अनुसार सम्मान आगामी चैत ५ गते काठमाडौँमा एक कार्यक्रम सहित प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण