अरब राष्ट्रले गरे इजरायलको आलोचना
सोमबार, १९ फागुन २०८१, १५ : ५८
तेल अभिभ । अरब राष्ट्रहरूले इजरायलको आलोचना गरेका छन् । गाजामा सबै मानवीय सहायताको प्रवेश रोक्ने इजरायली कदमको उनीहरूले आलोचना गरेका हुन् ।
इजिप्ट र कतारले आइतबार इजरायलका तर्फबाट उठाइएको यो कदम युद्धविराम सम्झौता विपरीत रहेको भनेका छन् । संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरले यसलाई ‘चिन्ताजनक’ भनेका छन् ।
साउदी अरबले पनि इजरायलको यो कदमको निन्दा गरेको छ ।
आइतबार कतारको विदेश मन्त्रालयले इजरायल सरकारको पछिल्लो फैसला युद्धविराम सम्झौता र अन्तर्राष्ट्रिय मानवता कानुनको उल्लंघन भएको प्रस्ट पारेको छ ।
यस्तै, इजिप्टको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै इजरायलमाथि भोकमरीलाई प्यालेस्टिनी नागरिकविरुद्ध हतियारका रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण