नेपाल र भारतबिच पानी तथा सरसफाइसम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल र भारतबिच पानी, सरसफाइ र फोहोर पानी व्यवस्थापन क्षेत्रमा सहयोग अदालत प्रदानका लागि सम्झौता भएको छ । आज भारतको राजधानी नयाँ दिल्लीमा दुई देशबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यो सम्झौतापत्रले दुई देशबिच पानी संरक्षण, सरसफाइ र फोहोर व्यवस्थापनमा प्राविधिक सहयोग, अनुभवको आदान प्रदानमा सहयोग पुग्ने विश्वास भारतका जलशक्ति मन्त्री सीआर पाटिलले बताए ।
यो सम्झौताले जल जीवन मिसन र स्वच्छ भारत मिसन जस्ता भारतका अनुभवले पानी र सरसफाइ चुनौतीहरूलाई सम्बोधन गर्न सहयोग पुग्ने उनले बताए । सम्झौता पत्रमा भारतको तर्फबाट जल शक्ति मन्त्री पाटिल र नेपालका खानेपानी मन्त्री प्रदीप यादवले हस्ताक्षर गरेका छन् ।
नेपाल–भारत बिचको सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै यो साझेदारी दुवै देशका नागरिकहरूको जीवनलाई अझ सहज, स्वस्थ र समृद्ध बनाउने विश्वास लिइएको उनले बताए ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा.शङ्कर प्रसाद शर्मालगायतका अधिकारीहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?