अमेरिकामा चीप बनाउन १ खर्ब डलर लगानी गर्दैछ ताइवानको टीएसएमसी
न्यूयोर्क । ताइवानी चिप निर्माता कम्पनी टीएसएमसीले अमेरिकामा एक खर्ब डलर लगानी गर्दैछ । ह्वाइट हाउसमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
ट्रम्पले यो घोषणा गर्दा टीएसएमसीका सीईओ सीसी वेई, वाणिज्य मन्त्री हवार्ड लुट्निक र ह्वाइट हाउसमा एआई तथा क्रिप्टो जार डेभिड स्याक्स पनि साथमै थिए । ट्रम्पले कम्पनीहरूलाई अमेरिकामै लगानी गर्न प्रोत्साहन दिइरहँदा यो घोषणा आएको हो ।
यो खर्चमा कम्पनीले अमेरिकामा उन्नत खालको चिप बनाउने तीन वटा कारखाना खोल्नेछ । टीएसएमसीको यस अघि नै न्यूर्याक र अरिजोनामा तीन वटा चिप बनाउने कारखाना छ । पछिल्लो घोषणासँगै अमेरिकामा टीएसएमसीको नयाँ लगानी १ खर्ब ६५ अर्ब डलर पुगेको छ ।
गएको हप्ता एप्पलले पनि अमेरिकामा कारखाना, उत्पादन र परियोजना विस्तारमा आगामी चार वर्षमा ५ खर्ब डलर खर्च गर्ने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण