हुन्डी कारोबारीले नेपाल ल्याउँदै गरेको २५ लाख रुपैयाँ बरामद
रौतहट । भारतीय हुन्डी कारोबारीले नेपाल तर्फ ल्याउँदै गरेको करिब २५ लाख नेपाली रुपैयाँ सीमा सुरक्षा बल एसएसबीले बरामद गरेको छ।
भारतबाट हुन्डी मार्फत ठुलो परिमाणमा नेपाली रुपैयाँ लैजान लागेको विशेष सूचनाको आधारमा एसएसबी ७१ औँ बटालियन पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल सिंह नेतृत्वको टोलीले मङ्गलवार साँझ झरौखर नाकामा चेकजाँचको क्रममा हुन्डी कारोबारीसहित उक्त रुपैयाँ बरामद गरेको हो।
पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला घोडासहन माईस्थान चौकका २५ वर्षीय अविनाश कुमार रहेको एसएसबीले जनाएको छ। अविनासले चलाएर जाँदै गरेको मोटरसाइकलको ह्याण्डिलमा झुन्ड्याएको खोला भित्र नेपाली २४ लाख ७१ हजार र भारु ३८ हजार बरामद भएको एसएसबी क्याम्प जमुनियाका प्रमुख भाग सिंहले बताए ।
सोधपुछको क्रममा भारतीय नागरिक अभिनास कुमार हुन्डी कारोबारी रहेको र बरामद रुपैयाँ बाराको सदरमुकाम कलैया लैजाने तयारी रहेको बताएको थियो। उनले लामो समय देखि भारतबाट हुन्डी कारोबार गर्दै आएको स्वीकार गरेको एसएसबीले जनाएको छ।
नेपाली र भारतीय रुपैयाँ मोटरसाईकल सहित अविनाश कुमार लाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि मङ्गलवार साँझ नै भारतीय झरौखर थानामा बुझाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
-
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
-
के तपाईंको सम्बन्ध भावनात्मक रूपमा असुरक्षित छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण