बालेनको घर पुगेर प्रचण्डले भने– रमाइलो भएको छ, सबै मिलेर देश बनाउनु छ
महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालेनको घरमा पुग्दा रमाइलो अनुभूति भएको बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहितका नेता बिहीबार महोत्तरीस्थित बालेन शाहको पुर्ख्यौली घरमा पुगेका हुन् ।
हाल पालिका कार्यालय रहेको उक्त घरमा माओवादीले कार्यक्रम राखेको छ । ‘बालेन शाहको पुर्ख्यौली घर । उहाँको बा लगायत काकाहरूको घरमा हामी आइपुगेका छौ रमाइलो महसुस भएको छ’,प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै भने- ‘बालेनजीले पनि सुनिराख्नुभएको होला । हामी सबै मिलेर देश बनाउनु छ ।’
अध्यक्ष प्रचण्डले अहिले एकथरी मानिसहरू जनताले ठुलो बलिदानी गरेर ल्याएको सङ्घीयता र संविधान उल्ट्याउने कसरत भइरहेको बताए । उनले जनतालाई अझ धेरै अधिकार र पहिचानका लागि माओवादी लागिरहेको भन्दै पहिचान र अधिकारको मुद्दाका लागि प्रतिवाद गर्नुपर्ने अवस्था आए अपिल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण