‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन
धनुषा । ‘पैसा डबल’ गरिदिने ठगी मुद्दाका आरोपितलाई कारबाहीको माग गर्दै सप्तरीको राजविराजमा प्रदर्शन गरिएको छ । सप्तरी प्रहरीले आरोपितहरूलाई अदालतमा बुझाएपछि पीडितहरूले न्यायका माग गर्दै प्रदर्शन गरेका हुन् ।
जिल्लाको सदरमुकाम राजविराजमा खबरदारी जुलुस निकाल्दै सयौँको संख्यामा रहेका पीडितहरूले नगर परिक्रममा गर्दै प्रदर्शन गरेका थिए । पीडितहरूले ‘पैसा डबल’ गरिदिने ठगहरूलाई कारबाही गर, दोषीलाई कारबाही गर’ सहितका नारा लगाउँदै प्रदर्शन गरेका थिए । ‘पैसा डबल’ गरिदिने मुद्दाका आरोपितहरूलाई उम्काउन खोजेको आरोप लगाउँदै पीडितहरूले खबरदारी प्रदर्शन गरेको जुलुसमा सहभागी एक पीडित बताउँछन् ।
सप्तरी प्रहरीले जिल्लामा गिरोह बनाएर ‘पैसा डबल’ गरिदिने भन्दै ठगी गरेको आरोपमा मुख्य नाइकेसहित चार जनालाई पक्राउ गरेको थियो । ठगी धन्दाका मुख्य आरोपी रामबहादुर भनिने हनुमानी रजक तथा पत्रकार वैद्यनाथ यादवसहित चारजना पक्राउ परेका थिए ।
यही मुद्दामा प्रहरीले थुकछेक बहसका लागि बुधबार जिल्ला अदालत सप्तरीमा पठाएको छ । थुनछेक बहसका लागि मुद्दा अदालतमा पठाइएपछि न्यायको माग गर्दै पीडितहरूले प्रदर्शन गरेको सप्तरी प्रहरी प्रमुख डकेन्द्र खतिवडाले बताए ।
उनका अनुसार त्यसपछि हामीले न्यायालयको अगाडि प्रदर्शन गर्न नमिल्ने भन्दै त्यहाँबाट अन्यत्र पठाएका हौ । अहिले अवस्थामा सामान्य रहेको सप्तरी प्रहरीले जानकारी दिएको छ ।
उक्त गिरोहले अढाई करोड भन्दा बढी ठगी गरेको प्रहरीमा जाहेरी परेको छ । सोही जाहेरी अनुसार सबैलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण