अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) मा बढुवा भएका जनक भट्टराईलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आईजीपी वसन्त कुँवरले बिहीबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
भट्टराई आईजीपी कुँवरसँगै २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी कुँवरसँगै २०८१ चैत ५ मा अवकाशमा जाँदै छन् । अवकाश हुनुभन्दा १२ दिनअघि उनलाई एआईजीको फुली लगाएर नयाँ जिम्मेवारी प्रदान गरिएको छ ।
पहुँच र आर्थिक चलखेलका कारण उनलाई अवकाशको मुखमा विशिष्ट श्रेणीमा बढुवा गरेको भन्दै सङ्गठनभित्रै आलोचना भइरहेको छ । उनलाई बढुवा गर्न रवीन्द्र केसीलाई राजीनामा दिन बाध्य पारिएको थियो । केसीको राजीनामा स्वीकृत भएसँगै भट्टराई फागुन ११ मा बढुवा सिफारिस भए । बुधवार बसेको मन्त्रिपरिषद्ले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
बरीयतामा चन्द्रकुवेर खापुङ भन्दा पछाडि रहेका भट्टराईलाई संवैधानिक नियुक्त पाउने बाटो खुल्ला राख्नका लागि बढुवा गरिएको आरोप छ । उनी नेपाली कांग्रेस सुनसरीका पूर्व सभापति रामबहादुर बस्नेतका ज्वाइँ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण