चीन र मेक्सिकोबाट आउने फेन्टानिल रोक्ने तयारीमा अमेरिका
वासिङ्टन डीसी । अमेरिकी सिनेटमा एउटा नयाँ विधेयक पेस गरिएको छ । यसले फेन्टानिलजस्ता लागू औषधको खतरासँग जुध्न उपायहरू सुझाव दिएको छ । विधेयकमा फेन्टानिल चीन र मेक्सिकोबाट अमेरिकामा तस्करी हुने उल्लेख छ । फेन्टानिलकै कारण राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र मेक्सिकोबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाएका थिए । फेन्टानिल तस्करी रोक्न आवश्यक कदम चाल्न राष्ट्रपति ट्रम्पले चीन र मेक्सिकोलाई आह्वान गरेका छन् ।
विधेयकले फेन्टानिल लागूऔषधको तस्करीमा संलग्न पाइएका बैंकहरू जस्ता चिनियाँ–नियन्त्रित संस्थाहरू विरुद्ध प्रतिबन्धात्मक कारबाहीको आह्वान गरेको छ । विधेयकले अमेरिकी सरकारलाई औषधि बनाउन प्रयोग हुने रसायनहरू ट्र्याक गर्न पनि आह्वान गरेको छ । यो विधेयक सिनेटर जिम रीस र सिनेटर जीन शाहीनले पेस गरेका थिए । अमेरिकामा फेन्टानिल तस्करीको सबैभन्दा ठुलो स्रोत चीन भएको र यो मेक्सिकन ड्रग कार्टेलहरू मार्फत अमेरिकामा आपूर्ति भइरहेको रीसले भने । यो सबै चिनियाँ सरकारको इशारामा भइरहेको आरोप उनले लगाए ।
मेरिकामा फेन्टानिलका कारण हरेक वर्ष एक लाख अमेरिकीहरूको मृत्यु भइरहेको छ र यो अमेरिकाको दक्षिणी सिमाना हुँदै ठुलो मात्रामा तस्करी भइरहेको पनि रीसले भने । यसैबीच, सिनेटर शाहीनले फेन्टानिल लागूऔषधको तस्करी रोक्न अमेरिकाले आफ्नो पहुँचमा रहेको हरेक उपकरण प्रयोग गर्नुपर्ने बताए । तर, चीनले भने अमेरिकाको आरोप अस्वीकार गरेको छ । अमेरिकी सरकारले झूट बोलेको आरोप उसले लगाएको छ । फेन्टानिल औषधिको तस्करी रोक्नका लागि कठोर उपायहरू अपनाइरहेको पनि चीनले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण