नेपाली जनसम्पर्क समिति कान्तो क्षेत्रको पाँचौँ क्षेत्रीय अधिवेशन सम्पन्न
टोकियो । नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्रको पाँचौँ क्षेत्रीय अधिवेशन टोकियोमा सम्पन्न भएको छ। क्षेत्रीय अधिवेशनबाट बागलुङका शिवकुमार श्रीसमगरको नेतृत्वमा १७ सदस्य क्षेत्रीय समिति सर्वसम्मतले चयन गरिएको छ ।
जसमा तीन जना उपसंयोजक सोलुखुम्बुका सोनाम शेर्पा, महिला नेतृ धादिङकी गीता लम्साल भट्ट र दोलखाका चन्द्र थापा चयन भएका छन् भने क्षेत्रीय समिति सचिवमा अर्घाखाँचीका असिम खनाल, सहसचिवमा पर्वतका सागर शर्मा, कर्णाली(कालिकोट)का पूर्णजंग शाही तथा कोषाध्यक्षमा गोरखाका कृष्ण पोख्रेल चयन भएका छन् ।
त्यस्तै सह कोषाध्यक्षमा गुल्मीकी झरना शाही खत्री सर्वसम्मत चयन हुनुभएको निर्वाचन आयुक्त मुक्तिराम खनालले जानकारी दिए । यसैगरी जनसम्पर्क समिति जापानले जनघनत्वका आधारमा पुराना क्षेत्र बाहेक नयाँ ५ क्षेत्रहरूमा प्रथम अधिवेशन गर्ने कार्यतालिका रहेको जनाएको छ। जस अन्तर्गत २०२५ अप्रिल २० गते होक्काइदोमा प्रथम क्षेत्रीय अधिवेशन गर्ने निर्णय गरिएको छ।
नयाँ क्षेत्रहरू अन्तर्गत दोस्रोमा तोचिगी क्षेत्र र ओकिनावा क्षेत्रमा अप्रिल महिनाभित्र अधिवेशन सक्ने तयारीमा रहेको सचिव असीम खनालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी आक्रमणले रुसी अर्थतन्त्र र समाजमा असर पारेको छ : भ्लादिमिर पुटिन
-
बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
सेफ सन्तोष साह धनुषाबाट पक्राउ
-
नेकपाको कार्यविभाजनप्रति कालिकोटमा असन्तुष्टि, साबिक समाजवादीले बोलायो छुट्टै बैठक
-
पाराग्वेविरुद्ध अमेरिकाको प्रभावशाली जित
-
कैलालीमा वन अतिक्रमण हटाइयो, ४७ संरचना भत्काइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण