ओली सरकारका कारण देश दुर्घटनाको खतरामा परेको भन्दै माओवादी नेताहरू काठमाडौँ फर्कँदै
काठमाडौँ । फागुन १२ देखि पूर्वको झापाबाट सुरु भएको नेकपा(माओवादी केन्द्र)को तराई मधेस जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाडौँ फर्किन लागेका छन् । शनिबार रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले लौकाहामा सभा गरेर फागुन महिनाभरि तय गरेको ‘जनतासँग माओवादी जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको हो ।
केपी ओली नेतृत्वको जनविरोधी गतिविधि, भ्रष्टाचारको संरक्षणका कारण राजावादीहरू सलवलाएकाले संसद् र सडकको मोर्चालाई बलियो बनाउन अभियान स्थगित गरिएको उपमहासचिव मातृका यादवले जानकारी दिए । पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न आइतबार ३ बजे पदाधिकारी बैठक बोलाएको यादवले रातोपटीलाई बताए ।
‘केपी ओलीको जनविरोधी गतिविधिका कारण प्रतिगामी शक्तिहरू सलबलाएका छन् । यो सरकारका कारण देश दुर्घटनामा पर्ने खतरा देखियो । हामी अभियानमा मात्रै केन्द्रित हुँदा सदन र सडकको मोर्चा प्रभावकारी हुन सकेन । प्रतिगामी शक्तिविरुद्ध सडक र सदनमा प्रभावकारी बनाउन अभियान स्थगित गरिएको हो’, उनले भने, ‘आगामी अभियानको स्वरूप परिवर्तन हुन्छ । बिचबिचमा ब्रेक गरेर बाँकी अभियान चलाउँछौँ ।’
यादवले राजावादीको गतिविधिबारे खासै छलफल नभएको भन्दै ओली सरकारको जनविरोधी गतिविधिविरुद्ध विपक्षी दलहरू, समाजवादी मोर्चा र सदनलाई प्रभावकारी बनाउन बैठक बोलाएको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण