गौर राइस मिलको जग्गा बचाउन माग गर्दै ज्ञापन पत्र
रौतहट । गौर राइस मिलको जग्गा भूमाफियाबाट बचाउन आग्रह गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको छ। नेपाली कांग्रेसका युवा नेता मेयर प्रत्याशी मोहन यादव तथा राइस मिलको जग्गा बचाउ अभियन्ताहरूले जनतासँग माओवादी: तराई मधेस अभियान कार्यक्रममा सहभागी हुन रौतहटको सदरमुकाम गौर पुगेका प्रचण्ड लाई ज्ञापन पत्र बुझाएका हुन्।
उनीहरू प्रचण्डलाई भेटेर गौर राइस मिलको जग्गा भूमाफियाले बिक्री गर्न लागेकोमा तत्काल उक्त जग्गा रोक्काको लागि पहल गरिदिन ज्ञापनपत्र मार्फत माग गरेका छन् । नक्कली कागजपत्र तयार गरी ठुलो आर्थिक चलखेल गर्दै जग्गा हडप्न खोज्ने उपर छानबिन गरी कारबाहीको लागी पहल गरिनुपर्ने समेत माग गरिएको छ।
गौर राइस मिलको जग्गा वर्षौँदेखि सार्वजनिक रूपमा प्रयोग भई विभिन्न मेला महोत्सव, राजनीतिक सभा सम्मेलन, तथा क्रिकेट खेलाडीहरूको लागि खेल मैदान को रूपमा प्रयोग हुँदै आएको छ। ज्ञापन पत्रमा भूमाफिया र गौर नगरपालिकाको मिलेमतोमा धेरै ठुलो आर्थिक चलखेल गरि सो जग्गा भागबन्डा गरिएको उनीहरूको आरोप छ। साबिक गाैर गाविस वडा नम्बर ७ को कित्ता नम्बर १३९ को ०-४-१५ ,१४०को ०.१६-०,१६३को ४-१०-० र ८०३को ०.९.० जग्गाको संरक्षणको लागि तत्काल कदम चाल्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण