प्रिमियर लिगमा लिभरपुललाई १६ अंकको अग्रता
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा लिभरपुल, ब्राइटन र क्रिष्टल प्यालेस विजयी भएका छन् । शनिबार राती भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले हरायो ।
घरेलु मैदानमा लिभरपुललाई विजयी गराउन मोहम्मद सालाहले दुई तथा डार्विन नुनेजले एक गोल गरे । त्यसअघि साउथह्याम्पटनका विल स्मालबोनले एक गोल गरेका थिए ।
अर्को खेलमा ब्राइटनले फुलहमलाई २-१ गोल अन्तरले हरायो । राउल जिमिनेजको गोलबाट सुरुवाती अग्रता लिएको फुहमले दोहोरो गोल गर्न सकेन । ब्राइटनका लागि जान पउल भान हेक र जोआओ पेड्रोले एक–एक गोल गरे । शनिबार राती नै क्रिष्टल प्यालेसले इप्सविच टाउनलाई १-० ले हरायो ।
योसँगै शीर्ष स्थानको लिभरपुलको २९ खेलबाट ७० अंक भएको छ । अंक तालिकामा उसले १६ अंकको अग्रता कायम गरेको छ । आर्सनल २७ खेलबाट ५४ अंकका साथ दोस्रो स्थानमा छ भने नटिङघम ५१ अंकका साथ तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण