जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई झट्का, घरेलु मैदानमै हारे बायर्न र बायर
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष क्लबहरु हारेका छन् । शनिबार राती भएको खेलमा शीर्ष स्थानको बायर्न म्युनिख भीएफएल बोचुमसँग ३-२ गोल अन्तरले हार्यो ।
राफेल गुएरेरोले पहिलो हाफमा दोहोरो गोल गरेर टोलीलाई अग्रता दिएकामा राफिन्हा रातो कार्ड खाँदै बाहिरिएपछि बायर्न दबाबमा पर्यो । र, पाहुना टोली हावी भयो । पहिलो हाफमा जवाफी एक गोल फर्काएको पाहुना टोलीले दोस्रो हाफमा दुई गोल गर्दै खेल कब्जा गरेको हो ।
यस्तै, अर्को खेलमा दोस्रो स्थानको बायर लिभरकुजेनले २-० को हार व्यहोर्नु पर्यो । बायरले घरेलु मैदानमा वेर्डर ब्रेमेनसँग २-० को हार व्यहोेर्नु परेको हो । यस्तै, बोरुसिया डर्टमण्ड आग्सवर्गसँग १-० ले हार्दा अन्य दुई खेल बराबरीमा टुंगिए ।
२५ औं चरणका खेल सकिनै लाग्दा बायर्न म्युनिख ६१ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने बायर लिभरकुजेन ५३ अंकसहित दोस्रो र मेन्ज ४४ अंकसहित तेस्रो स्थानमा छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण