सेन्ट जेभियर्स कलेजमा राष्ट्रियस्तरको ४८ घण्टे ह्याकाथन सम्पन्न
काठमाडौँ । सेन्ट जेभियर्स कलेजमा राष्ट्रियस्तरको ४८ घण्टे ह्याकाथन (एसएक्ससी स्याण्डबक्स २.०) सम्पन्न भएको छ । दोस्रो चरणको कार्यक्रममा ‘बहिष्कृतसँग हिँड्ने’ विषयवस्त अन्तर्गत राष्ट्रियस्तरको कार्यक्रमले वास्तविक विश्वका चुनौतीहरुलाई सम्बोधन गर्न युवा दिमागलाई नवीनता र सहकार्यलाई बढावा दिने लक्ष्य राखेको थियो ।
उक्त कार्यक्रममा देशभरबाट २७ वटा समूहका १०६ जना सहभागी भएका थिए । जसमा विभिन्न कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरु थिए । मार्च ७ देखि ९ तारिखसम्म चलेको कार्यक्रममा विभिन्न कार्यक्रमहरु, मार्गदर्शन सत्रहरु र मूल्याङ्कन समावेश गरिएको थियो ।
सहभागीहरुले उद्योग विशेषज्ञहरु प्राध्यापकहरु र उच्च स्तरीय वक्ताहरुबाट मार्गदर्शन प्राप्त गरेका थिए । जसले गर्दा कार्यक्रमभर बहुमूल्य अन्तदृष्टि र मार्गदर्शन प्रदान गरेको थियो ।
राजन कर्माचार्यले कार्यक्रमको प्रभावबारे प्रकाश पारेका थिए । उनले यो एक ह्याकाथन मात्र नभई युवा आविष्कारहरुले प्रविधि र सहकार्यमार्फत विचारलाई वास्तविक विश्व समाधानमा परिणत गर्ने बताएका थिए ।
कार्यक्रमले विद्यार्थीहरुलाई विशेषज्ञबाट प्राविधिक उत्कृष्टताको संस्कृतिबारे ज्ञान प्राप्त भएको उनको भनाइ छ । उक्त कार्यक्रम कोडिङको बारेमा जानकारी दिन आयोजना गरिएको नभई प्रविधि सञ्चालित समस्या समाधान गर्न अर्को पुस्तालाई प्रेरणा मिल्ने बताए ।
सेन्ट जेभियर्स कलेजका प्रिन्सिपल फादर अगस्टिन थोमस एस.जे ले पोप फ्रान्सिसको भनाइ अनुसार वैज्ञानिक र प्राविधिक नवप्रवर्तनको वृद्धि समानता र सामाजिक समावेशीकरणसँगै आयो भने त्यो अद्भुत हुने बताए । ह्याकाथनबाट युवाहरुको भलाइको लागि खाडल पुर्न नवीन कदम चालिएको बताए ।
कार्यक्रममा जेपीटी कोडेर्स विजेता बनेको थियो । त्यस्तै फस्ट रनरअपमा बियोण्ड इन्फिनिटी, सेकेण्ड रनरअपमा केएमबीएल कोडर्सले जितेको थियो । विजेताहरुलाई नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिएको थियो ।
स्यान्डबक्स नवप्रवर्तनको केन्द्र बनेको कलेजले जनाएको छ । जसले युवा दिमागलाई नवप्रवर्तन गर्न र आफ्ना विचारहरूलाई प्रभावकारी समाधान गर्नका लागि सशक्त बनिरहेको कलेजले जनाएको छ ।
उनीहरुको दिमाग सशक्त बनाएर नेपालको प्राविधिक इकोसिस्टमको भविष्यलाई आकार दिइरहेको कलेजको दाबी छ । नवप्रवर्तन र प्रतिभालाई प्रश्य दिदै स्यान्डबक्स २.० ले समाजमा सकारात्मक परिवर्तन ल्याउन प्राविधिकहरूको अर्को पुस्तालाई सशक्त बनाउने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण