हराएका २० वटा दुई पाङग्रे सवारी साधन भेटिए
मङ्गलबार, २७ फागुन २०८१, १२ : ०१

काठमाडौँ । विभिन्न मितिमा हराएका २० वटा दुई पाङग्रे सवारी साधन भेटिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले खोजबिन पछि भेटिएका ती सवारी साधन मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार ६ ओटा मोटरसाइकल र १४ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरिएको बताए ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको युएनपार्क, एयरपोर्ट, नयाँ बसपार्क, गुहेश्वरी, गौशाला, सुन्दरीजल, कालीमाटी, ठमेल, मालिगाउँ, चुनदेवी, जगाती, दिपज्योती, बौद्ध, गोकर्णेश्वर, नरेफाँट र नेपालटार लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत