बजेटबारे उपप्रधानमन्त्री सिंहले गरे उपत्यकाका जनप्रतिनिधिसँग छलफल
काठमाडौँ उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नुपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । सहरी विकास मन्त्रालयमा मंगलबार उपप्रधानमन्त्री सिंहले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका नगर प्रमुख र उपप्रमुखहरूसँग छलफल गरेका हुन् ।
सो क्रममा उपत्यकालाई कसरी व्यवस्थित र बस्न योग्य सहर बनाउने, उपत्यकाका नदी प्रणाली सुधार्ने, फोहोर मैला र ट्राफिक व्यवस्थापनको समस्या कसरी हल गर्ने भन्ने विषयमा मेयर र उपमेयरहरूले धारणा राखेका थिए । उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सफा, स्वच्छ र यहाँ बग्ने नदीहरूलाई सफा बगाउनका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
उनले उपत्यकाका नदी प्रणाली स्वच्छ बनाउन सेप्टिक ट्यांक अभियान चलाउनुपर्ने बताए । ‘उपत्यकाका बग्ने नदीहरूलाई स्वच्छ बनाउनुपर्यो । त्यसका लागि अहिले जुन दुर्गन्ध छ त्यसलाई हटाउन हामीले सेफ्टी ट्यांकी बनाउने अभियानमा लाग्नैपर्छ । अब नयाँ बन्ने ठाउँमा सेफ्टी ट्यांक हरेक घरमा बनाउनुपर्यो । जहाँजहाँ घर बनिसके , ठाउँ छैन भने १०/१५ घरको एक ठाउँमा भए पनि सेफ्टी ट्यांकी बनाउनुपर्यो,’ उपप्रधानमन्त्री सिंहले भने, ‘उपत्यकामा जमिनमुनि पानीको तह घटिरहेको छ । त्यसलाई बढाउन ग्राउन्ड वाटर हार्भेस्टिङ र सेफ्टी ट्यांकको अभियान नै चलाउनपर्यो । नत्र , नदी स्वच्छ हुँदैन, दुर्गन्ध हट्दैन ।’ उनले उपत्यकालाई स्वच्छ, सफा र स्वस्थ राख्न तिनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
आफूले सहरी विकास मन्त्रालय सम्हालेदेखिनै बाग्मती र धोबिखोलामा अर्बौँ खर्च भए पनि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेको र त्यसलाई सच्याउँदै सिधै ढल मिसाउन नदिनका लागि आवश्यक काम अघि बढाउन भनिसकेकोउनको भनाई थियो ।
छलफलमा उपत्यकाका भिभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरूले फोहोर मैला व्यवस्थापन, नदीको स्वच्छता र सफाइ, सहरी पूर्वाधारको विकासमा आउने बजेटले सम्बोधन गर्नुपर्ने बताएका थिए । उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सुन्दर र बस्न योग्य व्यवस्थित सहर बनाउनका लागि पालिकामा गर्न सकिने कामबारे कार्ययोजना पेस गर्न आग्रह गर्दै पालिकाबाट आएका सुझाव समेटेर बजेटमार्फत सम्बोधनका लागि अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण