साहको प्रश्न : नेपाल सरकारले आफै एप्सहरु निर्माण गर्नै नसक्ने हो ?
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विभिन्न विदेशी इन्टरनेट एप्सहरुले बर्सेनि नेपालबाट अर्बौँ रकम लगिराख्दा केपी शर्मा ओली नेतृत्वको सरकार किन मौन बसेको प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको आज (मंगलबार) बसेको बैठकमा बोल्दै सांसद साहले संसारका अन्य मुलुकले जस्तै समाजको आवश्यकता अनुसार एप्स बनाउने नेपाल सरकारको आफ्नै योजना छ कि छैन ? भन्ने प्रश्न समेत गरेका छन् ।
‘सामाजिक सञ्जाल फेसबुक, युट्युब, ट्वीटर, गेमिङ, व्यापारी एप्स, सवारीसँग सम्बन्धित इनड्राइभ लगायतका एप्सबाट बर्सेनि नेपालबाट रकम विदेश गइरहेको छ । यो रोक्ने योजना सरकारसँग छ कि छैन ?’ साहले भने, ‘नेपाल सरकारले आफै एप्सहरु निर्माण गर्नै नसक्ने हो ? विदेशी एप्स जसरी हामीले चलाउँछौँ के हामीले निर्माण गरेको एप्सहरु विदेशीले चलाउन नमिल्ने हो र ?’
अहिलेको अवस्थामा व्यापारी र बैंकबाट जो ऋण लिईन्छ त्यसको व्याज वापत जसरी नेपाली रुपैया विदेशीदै गइरहेको छ त्यसको कयौं गुणा बढी विदेशी एप्सहरुले नेपाली रुपैया विदेश गइरहेकाले त्यसलाई रोक्न सरकारसँग के योजना छ ? भन्दै उनले प्रश्न उठाए ।
सरकारले ती एप्सहरुलाई नियमन गर्नुपर्ने भए पनि नियन्त्रण गर्ने र नेपालीहरूको मुख थुन्नका लागि सामाजिक सञ्जाल सम्बन्धीको विधेयक ल्याएर संविधानमा भएको वाक स्वतन्त्रतालाई हनन गर्न खोजेको आरोप उनले लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण