कर्मचारीको संख्या आधामा झार्दैछ अमेरिकी शिक्षा मन्त्रालय
वासिङ्टन डीसी । अमेरिकाको शिक्षा मन्त्रालयले आफ्नो आकार घटाउन खोजिरहेको छ । मन्त्रालयले आफ्नो मातहतमा रहेका आधा कर्मचारीलाई कामबाट निकाल्ने योजना बनाइरहेको छ । संघीय सरकारको आकार घटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको नीति अनुसार मन्त्रालयले कर्मचारीको संख्यामा व्यापक कटौती गर्न लागेको हो । यो कटौतीले करिब २ हजार १०० जना कर्मचारी प्रभावित हुने बताइएको छ ।
मार्च २१ देखि यी कर्मचारीहरूलाई जबर्जस्ती बिदामा पठाइनेछ । ट्रम्पले लामो समय देखि शिक्षा मन्त्रालय नै खारेज गर्न खोजेका थिए । तर यसको लागि उनले कंग्रेसबाट अनुमति लिनु पर्नेछ । शिक्षा मन्त्रालयको वार्षिक बजेट २ खर्ब ३८ अर्ब डलर छ । यसमा ४ हजारभन्दा धेरै कर्मचारी कार्यरत छन् । मन्त्रालयको काम अमेरिकामा भएका विद्यालय चलाउने र पाठ्यक्रम तय गर्ने भन्ने धेरैले सोच्छन् ।
तर यस्तो होइन । १९७९ मा स्थापित भएको यस मन्त्रालयले सरकारी विद्यालयलाई कोष उपलब्ध गराउने, विद्यार्थीहरूलाई पढ्नका लागि दिने कर्जाको व्यवस्थापन र निगरानी गर्ने र न्यून आय भएका विद्यार्थीलाई सघाउने कार्यक्रमहरू चलाउँछ । विद्यालय चलाउने र पाठ्यक्रम तय गर्ने काम अमेरिकाका राज्य र स्थानीय जिल्लाले गर्छन् । प्राथमिक र माध्यमिक विद्यालयका लागि आउने रकमको १३ प्रतिशत मात्रै संघीय कोषबाट आउँछ । अधिकांश राज्य र स्थानीय समूहले जुटाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई ‘पूर्वसुनुवाइ’ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण