प्रधानमन्त्री ओलीको दृश्य काटिएपछि ‘राजागञ्ज’ सेन्सर पास
काठमाडौँ । फिल्म ‘राजागञ्ज’ सेन्सर पास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका दृश्यसहित केही दृश्यमा कैँची चलाउँदै केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई प्रदर्शन अनुमति दिएको हो । फिल्मले सबैले हेर्न पाउने युनिभर्सल प्रमाणपत्र पाएको छ ।
दीपक रौनियार निर्देशित फिल्ममा ९ वर्षअघि एमाले अध्यक्षको रूपमा प्रधानमन्त्री ओलीले भनेका केही अभिव्यक्ति राखिएको थियो । जसमा केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । अहिले फिल्म युनिटले उक्त दृश्य काटेपछि प्रदर्शन अनुमति पाएको हो ।
चैत १ गतेदेखि देशव्यापी प्रदर्शन हुने फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण