अमेरिकाद्वारा दक्षिण अफ्रिकी राजदूत निष्कासित
वासिङ्टन डिसी । अमेरिकाले दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूललाई निष्कासन गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकी राजदूतमाथि अमेरिका र ट्रम्पलाई ुघृणाु गरेको आरोप लगाएका छन्।
‘हाम्रो महान् देश संयुक्त राज्य अमेरिकामा अब दक्षिण अफ्रिकी राजदूतलाई स्वागत छैन,’ मार्को रुबियोले ट्विटरमा लेखेका छन्, ‘इब्राहिम रसूल एक जातिवादी राजनीतिज्ञ हुन् जसले अमेरिका र अमेरिकी राष्ट्रपतिलाई घृणा गर्छन्।’
अमेरिका र दक्षिण अफ्रिकाबिच बढ्दो तनावका बिच अमेरिकाले यो कदम चालेको हो। फेब्रुअरीको सुरुमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहयोग रोकेका थिए।
यस विषयमा गोरा किसानहरूको जग्गा ुजफतु गर्न सकिने दक्षिण अफ्रिकाको एउटा कानुनलाई ट्रम्पले उद्धृत गरेका थिए । गत हप्ता मात्र ट्रम्पले दक्षिण अफ्रिकी किसानहरूलाई अमेरिकामा बसोबास गर्न स्वागत गरिने भन्दै तनावलाई अझ बढाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण